NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

हेमबहादुर मल्ल सम्मान पुरस्कार डा. थापालाई प्रदान गरिने

काठमाडौं । विसं २०७९ को हेमबहादुर मल्ल सम्मान पुरस्कार डा।भेष बहादुर थापालाई प्रदान गरिने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन र नेपाल जनप्रशासन सङ्घसँगको सयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा सो पुरस्कार थापालाई प्रदान गरिने जानकारी दिइएको हो ।

कर्पोरेशनले नेपाल जनप्रशासन सङ्घसँगको सहकार्यमा आफ्ना प्रथम अध्यक्ष हेमबहादुर मल्लको स्मृतिमा २०५९ सालमा उक्त पुरस्कार स्थापना गरेको हो ।

आगामी बुधबार प्रदान गरिने पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ । कर्पोरेशनले सार्वजनिक ख्याति प्राप्त ब्यक्तित्वहरुलाई यो पुरस्कार प्रदान गरिदै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष