पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
ढोरपाटन । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
करिडोरको बागलुङ नगरपालिका–१०, दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिए । करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको उनले बताए । अहिले वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने प्रनाउ यादवले बताए ।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । पहिरोले सडक नै भासिएको छ । गतहप्ता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएकामा गएरातिको भारी वर्षाले सडक पुनः अवरुद्ध भएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया