बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
अविरल वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६, खरखरे भीरमा र मर्स्याङ्दी गाउँपालिका–३, खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ ।
उक्त कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईंले खरखरे भीरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको बताए ।
६५ किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया