काभा वुमन्स नेसन्स लिगको फाइनल आज, खेल हेर्न प्रधानमन्त्री पनि जाने
काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल बुधबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा हुँदैछ ।
लगातार राम्रो प्रदर्शन गरिरहेको नेपाल आजको खेलमा भारतलाई स्तब्ध पारेर उपाधि पोल्टामा पार्ने दाउमा छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली बुधबार हुने फाइनल खेल हेर्न त्रिपुरेश्वर जाने भएका छन् । नेपाली खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री ओली खेल हेर्न जाने तय भएको नेपाल भलिबल संघले जनाएको छ ।
फाइनल खेलअघि बुधबार नै दोस्रो स्थानका लागि श्रीलंका र इरान प्रतिस्पर्धा गर्दैछन् ।
ताजा अपडेट
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै


प्रतिक्रिया