सरकारले डेंगु बिरामीको उपचार निःशुल्क गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
उक्त मन्त्रालयले डेंगुको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेंगु रोगको सङ्क्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेंगु सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।
प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेंगुका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए । मन्त्रालयले सरकारी अस्पताललाई डेंगु सङ्क्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पतालमा परिसरमा डेङ्गी डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।
प्रवक्ता डा बुढाथोकीले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेङ्गी सङ्क्रमण नियन्त्रण गर्न नसकिने भएकाले प्रदेश र स्थानीय तहका सबै निकायको सहयोग आवश्यक रहेको बताए । यो वर्ष ७३ जिल्लाका दुई हजार तीन सय ६५ जनामा डेंगु सङ्क्रमण र एक जनाको मृत्यु भएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया