प्रधान सेनापति शर्मा बिदामा, आजदेखि सेनाको कमाण्डमा सिग्देल
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा आजदेखि बिदामा बस्दै छन् । अवकाशको एक महिनाअघि बिदामा बस्ने सैनिक प्रचलनअनुसार उनले कमाण्ड हस्तान्तरण गर्न लागेका छन् ।
आजदेखि रथी अशोक सिग्देलले सेनाको कमाण्ड सम्हाल्दै छन् । उनलाई सरकारले दुई साताअघि नै २४ साउनदेखि लागुहुनुे गरी कामु प्रधानसेनापतिमा नियुक्त गरेको थियो ।
यद्यपी उनको नियुक्ति विवादमुक्त भने छैन । उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक फरक मिति भएका कागजपत्र बाहिरिएपनि सरकारले छानविन नगरी उनलाई सैनिक नेतृत्व सुम्पिएको हो ।
२४ भदौदेखि सिग्देल प्रधानसेनापति हुनेछन् । उनले तीन वर्ष सेनाको नेतृत्व सम्हाल्नेछन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया