NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

काठमाडौं प्लाजा अगाडिको सडकमा पयो भ्वाङ

काठमाडौं । काठमाडौ प्लाजा अगाडिको सडकमा भ्वाङ परेको छ । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक गएराति भासिएको हो ।

भासिएको सडकमा गहिरो खाडल परेको छ ।

सडक भासिएपछि काठमाडौं प्लाजा क्षेत्रको सवारी आवागमन अवरुद्ध भएको छ । एकतर्फी सडक भासिएपछि प्रहरीले घेरा हालेर आवागमन बन्द गराएका छन् ।

यसअघि पनि यसैगरी भासिएको यो सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।

भासिएको सडक मर्मत गर्न केही समय लाग्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष