एमाले सांसदमाथि काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । बाल श्रमशोषणको कसुरमा लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मामाथि काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ । सांसद शर्माले प्रहरीलाई विपक्षी बनाई दायर गरेको रिटमा अदालतले प्रहरीको पक्षमा फैसला सुनाएपछि अनुसन्धान अघि बढाएको हो ।
उच्च अदालत पाटनले बुधबार सांसद शर्माले दायर गरेको निषेधाज्ञासम्बन्धी रिटमा दाबी नपुग्ने फैसला गरेको थियो। सांसद शर्माविरुद्ध दुई महिनाअघि नै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भए पनि अनुसन्धान अघि बढ्न सकेको थिएन।
शर्माले बालुवाटारस्थित घरमा १४ वर्षीया बालिकालाई श्रमिकका रूपमा राख्दै आएकी थिइन्। हिंसा भोग्दै आएकी बालिकालाई काठमाडौं महानगरपालिकाले गत १४ जेठमा उद्धार गरी सामाजिक संस्थामा पठाएको थियो।
पढाइदिने भन्दै बालिकालाई घरमा राखेकोमा अत्यधिक काममा लगाउने गरेको गुनासोका आधारमा उनको उद्धार भएको महानगरपालिकाले जनाएको छ। उद्धारपछि सांसद शर्माविरुद्ध महानगरपालिकाले नै बालबालिकाविरुद्धको कसुर मुद्दामा प्रहरीमा जाहेरी दर्ता गरेको थियो। तर, उनलाई पक्राउ नगर्न प्रहरीमाथि सरकारको दबाब परेको छ ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया