मोदीको सन्देश बोकेर भारतीय विदेशसचिव आइतबार नेपाल आउँदै
काठमाडौं । भारतका नवनियुक्त विदेशसचिव विक्रम मिश्री आइतबार औपचारिक नेपाल भ्रमणमा आउँदै छन्। परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी आउन लागेका हुन्।
दुई विदेशसचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले शुक्रबार बिज्ञप्तीमार्फत औपचारिक जानकारी दिएको छ ।
भारतका विदेशसचिव मिश्रीले नेपालका उच्चपदस्थ व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम छ। ‘विदेशसचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदान–प्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
स्रोतका अुनसार उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्दष बोकेर आउन लागेका हुन् । त्यसकारण पनि यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । नेपालको राजनीतिमा भारतको हस्तक्षेपकारी भूमिका रहँदै आएको छ ।
ताजा अपडेट
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना


प्रतिक्रिया