रहेनन् ‘प्रिय तिम्रो सिउँदोमा सिग्दुर भर्न देऊ’का गायक प्रकाश
काठमाडौं । ‘प्रिय तिम्रो सिउँदोमा सिग्दुर भर्न देऊ…’ लगायत चर्चित गीतका गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । ललितपुर महनगरपालिका–१८ स्थिति आदिनाथ मार्गमा बस्दै आएका उनको शनिबार राति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, ललितपुरले शनिबार राति तिमिल्सिना आफ्नो डेरामा मृत अवस्थामा भेटिएको जनाएको छ ।
उनको शव अहिले पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।
नेपाली गायन रियालिटी शो नेपाली ताराबाट उदाएका प्रकाशका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ…’,‘नमान लाज यसरी…’, ‘नआए नि हुन्थ्यो…’ लगायत गीतहरू चर्चित छन् ।
पोस्ट्मार्टम सकिएपछि दिवंगत प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले केहीबेरमा सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने र आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया