NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते
फोटोफिचर

शिवालयमा भक्तजन

काठमाडौं । साउने सोमबारलाई भगवान् शिवको प्रिय बार मानिन्छ । साउने सोमबार शिवको पूजाअराधना गर्दा प्रसन्न हुने र पुण्य मिल्ने विश्वास छ ।

त्यसैले हरेक साउने सोमबार शिव मन्दिरहरूमा भक्तजन तथा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । यस वर्षको अन्तिम साउने सोमबार आज बिहानैदेखि शिवका भक्तहरू मन्दिरमा पुगेर पूजा अराधना गरिरहेका छन् ।

आराध्यदेव पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्न आएका भक्तजन मन्दिर परिसरको भजनकीर्तनमा नृत्य प्रस्तुत गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस
साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरको पूजा आराधना तथा दर्शन गर्न लामवद्ध भएका भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस
साउनको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने आएका भक्तजनको भीड । तस्बिरः हरिराम भेटुवाल/रासस
साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा आराधना गर्दै आएका भक्तजन पशुपतिनाथ मन्दिरमा आज पूजा आराधना गरेपछि पुरोहितलाई दान दक्षिणा गरी विधिपूर्वक व्रत समापन गर्दै तस्बिरः हरिराम भेटुवाल/रासस
साउनको अन्तिम सोमबार देवघाटधामस्थित शिवलिङगमा बेलपत्र, दूध र जल चढाउँदै भक्तजन । तस्बिरः सनद अधिकारी/रासस
पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने भाथा धामको रुपमा परिचित दुग्धेश्वरनाथ महादेव मन्दिरमा दूध तथा जल चढाउँदै भक्तजन । तस्बिरः हिमाल लम्साल/रासस
पशुपतिनाथ मन्दिर परिसरमा पूजा आराधना गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस
साउनको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने आएका भक्तजनको भीड । तस्बिरः हरिराम भेटुवाल/रासस