बढी भयो सरकारले हजयात्रीसँग उठाएको रकम, प्रति व्यक्ति २३ हजार फिर्ता हुने
काठमाडौं । सन् २०२४ का हजयात्रीसँग खर्चबापत उठाएर बढी भएको रकम सरकारले फिर्ता गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको साउन २४ गतेको बैठकले हज यात्रा गराउन उठाएर बढी भएको रकम फिर्ता गर्ने निर्णय गरेको हो ।
सरकारले सन् २०२४ को हजयात्रा शुल्कबापत प्रति व्यक्ति ४ लाख १५ हजार रूपैयाँ उठाएको थियो । जसमा ३ लाख ९१ हर ५९३ रूपैयाँ मात्र खर्च भएकाले प्रति व्यक्ति २३ हजार ४०७ रूपैयाँ फिर्ता गर्न लागिएको हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाले जनाएका छन् ।
समितिले अब यात्रुहरूलाई आइपिएसमार्फत खातामा रकम फिर्ता गरिदिनेछ । त्यसका लागि बैंक खाताको विवरण आफ्नो जिल्लाको प्रशासन कार्यालयमा एक महिनाभित्र अद्यावधिक गर्नुपर्नेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया