बढी भयो सरकारले हजयात्रीसँग उठाएको रकम, प्रति व्यक्ति २३ हजार फिर्ता हुने
काठमाडौं । सन् २०२४ का हजयात्रीसँग खर्चबापत उठाएर बढी भएको रकम सरकारले फिर्ता गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको साउन २४ गतेको बैठकले हज यात्रा गराउन उठाएर बढी भएको रकम फिर्ता गर्ने निर्णय गरेको हो ।
सरकारले सन् २०२४ को हजयात्रा शुल्कबापत प्रति व्यक्ति ४ लाख १५ हजार रूपैयाँ उठाएको थियो । जसमा ३ लाख ९१ हर ५९३ रूपैयाँ मात्र खर्च भएकाले प्रति व्यक्ति २३ हजार ४०७ रूपैयाँ फिर्ता गर्न लागिएको हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाले जनाएका छन् ।
समितिले अब यात्रुहरूलाई आइपिएसमार्फत खातामा रकम फिर्ता गरिदिनेछ । त्यसका लागि बैंक खाताको विवरण आफ्नो जिल्लाको प्रशासन कार्यालयमा एक महिनाभित्र अद्यावधिक गर्नुपर्नेछ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया