एक नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र रद्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । पर्सा टेलिकम्युनिकेसन प्रालि, वीरगञ्जले निर्धारित समयमा नवीकरण नगरेपछि प्राधिकरणले अनुमतिपत्र खारेज गरिएको हो ।
दूरसञ्चार नियमावलीमा नेटवर्क सेवा प्रदायकले हरेक ४ वर्षमा अनुमतिपत्र नवीकरण गनुपर्ने प्रावधान छ । तर ०७६ साउन २२ गते प्राधिकरणबाट अनुमति पाएको पर्सा टेलिकम्युनिकेसनले निर्धारित समयभित्र नवीकरण गर्न अरुचि देखाएको थियो ।
दूरसञ्चार निमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरणका लागि निवेदन पेश नगरेकाले पर्सा टेलिकम्युनिकेसनको अनुमतिपत्र रद्द गरिएको जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा



प्रतिक्रिया