एक नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र रद्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । पर्सा टेलिकम्युनिकेसन प्रालि, वीरगञ्जले निर्धारित समयमा नवीकरण नगरेपछि प्राधिकरणले अनुमतिपत्र खारेज गरिएको हो ।
दूरसञ्चार नियमावलीमा नेटवर्क सेवा प्रदायकले हरेक ४ वर्षमा अनुमतिपत्र नवीकरण गनुपर्ने प्रावधान छ । तर ०७६ साउन २२ गते प्राधिकरणबाट अनुमति पाएको पर्सा टेलिकम्युनिकेसनले निर्धारित समयभित्र नवीकरण गर्न अरुचि देखाएको थियो ।
दूरसञ्चार निमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरणका लागि निवेदन पेश नगरेकाले पर्सा टेलिकम्युनिकेसनको अनुमतिपत्र रद्द गरिएको जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी



प्रतिक्रिया