बेहुली खोज्दै पोखरा आएका चिनियाँसहित तीन जना पक्राउ
काठमाडौं । नेपाली युवती बिहे गर्न पोखराका आएका एक चिनियाँसहित तीन जना पक्राउ परेका छन् । १४ वर्षिया किशोरीसँग जर्बजस्ती बिहे गर्न खोजेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक झि मिङ चेन, पोखराका सरु विक र लमजुङकी भगवती अधिकारी छन् ।
उनीहरुले एक किशोरीलाई पोखराको लेकसाइडस्थित होटल मिराकलमा राखी सो चिनियाँसँग बिहे गराउने प्रयास गरेका थिए । पछि बालिका भागेर प्रहरीको सम्पर्कमा पुगेपछि प्रहरी होटलमा गएर उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुविद्ध मानव बेचबिखनको कसुरमा कारबाही अघि बढेको प्रहरीले जनाएको छ ।
चिनियाँहरु बिहेका लागि युवती खोज्दै नेपाल आउने गरेका छन् । बिहे गरेर गएका कतिपय युवतीको उद्धार समेत गर्नुपरेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया