अफ्रिकाबाहिर पहिलो पटक मंकिपक्स संक्रमण पुष्टि
काठमाडौं । अफ्रिका महादेशभन्दा बाहिर पहिलो पटक एमपक्स (मंकिपक्स) भाइरसको केस भेटिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसको जोखिमलाई मध्यनजर गरेर स्वास्थ्य आपतकाल घोषणा गरेको भोलिपल्ट अफ्रिकाबाहिर मंकिपक्सको पहिलो संक्रमण पुष्टि भएको हो ।
स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले अफ्रिकाभन्दा बाहिरका मानिस पहिलो पटक मंकिपक्सको खतरनाक भेरियन्टबाट संक्रमित भएको जनाएको छ । मंकिपक्सका क्लेड १ र क्लेड २ मध्ये पहिलो खतरनाक मानिन्छ ।
मंकिपक्सबाट संक्रमित भएका ती व्यक्ति अफ्रिकामा बसेको र त्यही दौरान संक्रमित भएको स्विडेन सार्वजनिक स्वास्थ्य एजेन्सीलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।
अतिसंक्रामक मानिने यो रोगको सबैभन्दा बढी संक्रमण अफ्रिकाको कंगोमा देखिएकोमा हालसम्म कम्तीमा ४५० मानिसको मृत्यु भइसकेको छ ।
संक्रमितसँगको खुला सम्पर्कबाट सजिलै सर्ने यो रोग कंगोका अतिरिक्त मध्य र पूर्वी अफ्रिका वरपर फैलिएको छ । अफ्रिकाबाहिर भने पहिलो पटक नयाँ केस देखिएको हो ।
डब्लुएचओको तथ्यांकअनुसार यसका १०० संक्रमितमा चार जनाको मृत्यु हुने गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया