NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

प्रहरी कार्यालयभित्रै बलात्कार आरोपमा हवल्दार पक्राउ

काठमाडौं । उपत्यकाको एक प्रहरी कार्यालयभित्रै बलात्कारको घटना भउको छ । भक्तपुरको कमलविनायक बिटमा कार्यरत प्रहरी हवल्दार नवराज श्रेष्ठले बिटभित्रै बालिकालाई बलात्कार गरेका हुन् ।
एक महिनाअघिको घटनामा हवल्दार श्रेष्ठलाई जिल्ला अदालत, भक्तपुरले गत २५ साउनमा पुर्पक्षका लागि थुनामा पठाएको छ । कमलविनायकस्थित कमलपोखरी क्षेत्रमा रातको समयमा युवकसँग गफ गरिरहेकी १६ वर्षिया किशोरीलाई पक्राउ गरी बिटमा ल्याएर बलात्कार गरेको अभियोग हवल्दार श्रेष्ठमाथि छ ।गत २९ असारको बेलुका राती अबेरसम्म केटासँग बसेको आरोपमा ती किशोरीलाई पक्राउ गरिएको थियो । हवल्दार श्रेष्ठले बिटमै राखेर कोठामा बलात्कार गरेका हुन् । भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष