छिन्चु–जाजरकोट सडक अवरुद्ध

काँक्रेविहार । पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको छ ।
शुक्रबार बेलुकी परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।
करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३, कुदुबाट वडा नं ४ को खहरेखोला भिर र छेडागाड नगरपालिका–१२, कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
भेरी नगरपालिका–११ स्थित खोदाखोलानजिक पनि खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२ काडला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।
केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु–जाजरकोट सडक अवरुद्ध प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।
सडक डिभिजन कार्यालय आज बिहानैदेखि पहिरो पन्छाउन जुटेको छ । चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ ।
पर्याप्त उपकराणको अभावमा सबैतिर समयमै बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले समस्या थपिएको छ ।
ताजा अपडेट
-
दाउन्नेमा सडक भासियो, कालीगण्डकी करिडोर पनि बन्द
-
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
-
टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको संख्या सय नाघ्यो, उद्धार कार्य जारी
-
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति
-
दुई संसदीय समितिको बैठक बस्दै, अर्थ समितिमा मौद्रिक नीतिका विषयमा छलफल हुने
प्रतिक्रिया