सुनको मूल्यले बनायो नयाँ ‘रेकर्ड’, प्रतितोला कति पुग्यो ?
काठमाडौ । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला रु एक लाख ५२ हजार छ सय पुगेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन हजारले वृद्धि भएको हो ।
शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा रु ५० ले वृद्धि भएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया