यशोदा फुड्सले सार्वजनिक गर्यो ट्रेडमार्कको प्रमाण, सीजी फुड्सले भ्रमपूर्ण प्रचार गरेको दाबी
काठमाडाैं । यशोदा फुड्सले आफूले उद्योग बिभागबाट प्राप्त गरेको ‘करेन्ट’ नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गरेको छ ।
कम्पनीले ‘करेन्ट’ को ट्रेडमार्क, लेबलसमेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानून भित्र रहेर विभिन्न स्वादका चाउचाउ, लगायतका वस्तु उत्पादन गरेको दबी गर्दै हाल प्रयोग भइरहेका ट्रेडमार्कको उद्योग विभागबाट विभिन्न मितिमा, लेबल डिजाइन ट्रेडमार्क दर्ता प्राप्त गरिसकेको जनाएको छ ।
कम्पनीले करेण्टको लेबल दर्ताका लागि आवेदन गरिएकोमा सिजी फुड्सले सो लेबलमा उत्पादन तथा विक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा दिएको थियो ।
सो निवेदनमा उद्योग विभागले सिजी फुडसको दावी नपुग्ने र यशोदा फुडसले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी गत जेठ २९ फैसला गरेको थियो । सो फैसला उपर सिजी फुड्सले उच्च अदालत पाटनमा पुनः उक्त आवेदनको लेबलको चाउचाउको उत्पादन विक्री वितरण रोकी पाउन अन्तरकालीन आदेश माग गरेको थियो ।
उक्त निवेदनमा उच्च अदालत पाटनको संयुक्त इजालसले सुनुवाईमा भनिएको छ ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन नं. ०९८२२२ मा उल्लिखित ट्रेडमार्कका हकमा शुरु तहले गरेको निर्णयको न्यायिक परिक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंबाट मिति २०८०/०२./२९ मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो ।’’
सो आदेश आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चार माध्यममा यशोदा फुडसको उत्पादनको विक्री वितरणमा दुष्प्रचार गरेको कम्पनीको भनाइ छ ।
यस विषयलाई गलत व्याख्या गरी विक्री वितरणमै रोक लगाएको र बजारमा गएको सामान समेत फिर्ता लिनुपर्ने भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया