मोदीसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भेटवार्ता गरेकी छिन् । भारत भ्रमणमा रहेकी देउवाले शिष्टाचार भेट गरेकी हुन् ।
भेटमा प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण दिएकी छिन् । भेटवार्तामा द्विपक्षिय विषयमा समेत छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ ।
भेटका क्रममा उनीहरुबीच नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताबारे छलफल भएको राणाले बताएकी छन् । आफ्नो परराष्ट्रमन्त्रीका रुपमा भएको भ्रमण र भेटवार्ताले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने राणाले अपेक्षा गरेको उल्लेख गरेकी छन् ।
‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु’, राणाले लेखेकी छन् ।
भेटमा दुवै देशका अन्य प्रतिनिधिहरु समेत सहभागि थिए ।
प्रतिक्रिया