यस वर्षको गौरा पर्व भदौ १० गते
काठमाडौ । सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही १० गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ ।
अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमबार जारी विज्ञप्तिमा यसपाली गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ ।”
अठोला पञ्चाङ्गका अनुसार भदौ ८ गते बिरुडा पञ्चमी, ९ गते षष्ठि तिथी, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरापर्व मनाइनेछ । भदौ ११ गतेपछि आआफ्नो अनुकूलताअनुरुप गौरा सेलाउने चलन रहेको जनाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया