सहकारी ठगी प्रकरण : छानबिन समितिले आज लामिछानेसँग बयान लिँदै
काठमाडौं । सहकारीको बचत हिनामिनासम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग शुक्रबार बयान लिने भएको छ ।
समितिका सभापति सूर्य थापाले गोर्खा मिडिया नेटवर्कले गरेको सहकारी रकम अपचलनबारे सोधपुछ गर्न लामिछानेलाई बोलाइएको बताए ।
लामिछानेमाथि जिबी राईसँग मिलेर सहकारीको रकम दुरूपयोग गर्न सघाएको आरोप छ । लामिछानेले भने आफूमाथि लगाइएका यस्ता आरोप मिथ्या भएको भन्दै त्यसको खण्डन गर्दै आइरहेका छन् ।
समितिले आजै गोर्खा मिडिया नेटवर्कका अध्यक्ष छविलाल जोशीलाई पनि बयानका लागि लागि बोलाएको छ ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग राखेर लगातार संसद् अवरुद्ध पारेपछि गत जेठ १५ गते एमाले सांसद् सूर्य थापा संयोजकत्वमा समिति गठन गरिएको थियो ।
यसबारे छानबिन गरेर तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको समितिले सहकारी ठगी प्रकरणमा जोडिएका व्यक्तिसँग लगातार वयान लिइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया