स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार दोस्रो जित
काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा एथलेटिक क्लबलाई २–१ गोलमा रोक्दै बार्सिलोनाले जितको सिलसिलालाई यथावत् राखेको हो ।
बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे ।
खेलको २४औं मिनेटमा बार्सिलोनाले गोल गर्दै सुरुवाती अग्रता लिएको छ । तर त्यसको केहीबेरपछि सान्सेटले पेनाल्टीमार्फत गोल फर्काउँदै एथलेटिकलाई खेलमा फर्काए।
७५औं मिनेटमा लेवान्डोस्कीले निर्णायक गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
योसँगै बार्सिलोना दुई खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ भने एथलेटिको १ अंकसहित १६औं स्थानमा छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया