NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

प्रहरीमा धुव्रीकरणः सेवाहदको पक्षमा भ्याकेट दर्ताको तयारी

काठमाडौं । ३० वर्षे सेवाहदको विषयले प्रहरीमा धुव्रीकरण सुरु भएको छ । ३० वर्षे सेवाहद तत्काल कार्यान्वायन नगर्न सर्वाेच्च अदालतले आदेश दिएपछि त्यसबाट करिअर प्रभावित हुने पक्षहरु भ्याकेटमा जाने तयारी गरेका छन् । भ्याकेटका लागि महान्यायाधिवक्ता कार्यालयले निर्णय गर्नुपर्छ ।

यद्यपी सो मुद्दामा सर्वाेच्च अदालतबाट पूर्ण फैसला आइसकेको छैन । आगामी १० असोजमा पूर्ण सुनुवाई हुँदैछ ।
सेवाहद हटाउने सर्वाेच्चको आदेशको धेरैले स्वागत गरेका छन् । तर, भावी आइजिपीको रोलक्रममा रहेकाहरु भने प्रभावित हुने भएपछि उनीहरु त्यसविरुद्ध चलखेलमा लागेका छन् । भ्याकेट दर्ता गर्न उनीहरुले गृह मन्त्रालयलाई दबाब दिइरहेका छन् । नेपाल प्रहरीका अहिलेका आइजिपी बसन्त कुँवरकै वैकल्पिक ब्याचका एआइजी दीपक थापा, त्यसपछिको १११, ११२ र ११४ टोलीका अधिकृतहरु सेवाहदविरुद्ध मोर्चाबन्दी बनाएर लागेका छन्।

सेवाहद हटाउने विषयमा संगठनको पक्षमा रहेकोमा सबै सहमत छन् । तर, कुनै केही व्यक्तिको स्वार्थमा हट्ने गरेको छैन ।
उता सशस्त्र प्रहरीका डिआइजी अभिकुमार खत्रीसहित १२ जना अधिकृत पनि आइतबार ३० वर्षे सेवाहदविरुद्ध सर्वाेच्च गएका छन् । १६ भदौबाट अवकाश पाउन लागेका डिआइजी खत्रीसहित दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोक कुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ र दीपेन्द्र गिरीले रिट दायर गरेका हुन् । सो रिटउपर मंगलबार सुनुवाई हुने भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष