एनआईसी एशिया बैंक र यती एयरलाइन्सबीच टिकट खरिदमा छुटसम्बन्धी समझदारी
काठमाडाैं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा NIC ASIA Sky Club Card सार्वजनिक गरेको छ । Visa Co–branded Card का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहकले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस कार्डको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको छ ।
यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । जसमा प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्नेछन् । यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड बैंकले जनाएको छ ।
साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको Sky Club Card मा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्नेछन् । यो कार्ड लिनका लागि ग्राहकले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन् । यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहकलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्याधिक फाइदाहरू उपभोग गर्ने बैंकको विश्वास रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया