आजको मन्त्रिपरिषद् बैठकबाट मुख्यसचिव चयन हुने सम्भावना, कसले मार्ला बाजी ?
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । बैठक बिहीबार साँझ ५ बजेका लागि तय छ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय स्रोतले मुख्यसचिव चयन आजको बैठकको मुख्य एजेण्डा रहेको जनाएको छ ।
तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सबैभन्दा वरिष्ठ सचिव लीलादेवी गड्तौला गत साउन १० मा मुख्यसचिव नियुक्त भएकी थिइन् । गड्तौला भदौ १५ बाट अनिवार्य अवकाशमा जाने भएपछि सरकारले नयाँ मुख्यसचिव चयनको गृहकार्य थालेको हो ।
कसले मार्ला बाजी ?
गड्तौला अनिवार्य अवकाशमा जाने भएपछि निजामती सेवाको सर्वोच्च पद मुख्यसचिवको चयनलाई चासोका साथ हेरिएको छ ।
मुख्यसचिवमा एकनारायण अर्याल, डा. तोयानारायण ज्ञवाली, दिनेश भट्टराईलगायतले आकांक्षा देखाएका छन् । तर यीमध्ये कसले बाजी मार्छन्, स्पष्ट भइसकेको छैन ।
मुख्यसचिवका दाबेदार आफ्ना पार्टीनिकट सचिव रहेकाले सत्तारुढ कांग्रेस र एमाले दुवै दल आफूपक्षीयलाई बनाउने रणनीतिमा छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया