आजको मन्त्रिपरिषद् बैठकबाट मुख्यसचिव चयन हुने सम्भावना, कसले मार्ला बाजी ?

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । बैठक बिहीबार साँझ ५ बजेका लागि तय छ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय स्रोतले मुख्यसचिव चयन आजको बैठकको मुख्य एजेण्डा रहेको जनाएको छ ।
तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सबैभन्दा वरिष्ठ सचिव लीलादेवी गड्तौला गत साउन १० मा मुख्यसचिव नियुक्त भएकी थिइन् । गड्तौला भदौ १५ बाट अनिवार्य अवकाशमा जाने भएपछि सरकारले नयाँ मुख्यसचिव चयनको गृहकार्य थालेको हो ।
कसले मार्ला बाजी ?
गड्तौला अनिवार्य अवकाशमा जाने भएपछि निजामती सेवाको सर्वोच्च पद मुख्यसचिवको चयनलाई चासोका साथ हेरिएको छ ।
मुख्यसचिवमा एकनारायण अर्याल, डा. तोयानारायण ज्ञवाली, दिनेश भट्टराईलगायतले आकांक्षा देखाएका छन् । तर यीमध्ये कसले बाजी मार्छन्, स्पष्ट भइसकेको छैन ।
मुख्यसचिवका दाबेदार आफ्ना पार्टीनिकट सचिव रहेकाले सत्तारुढ कांग्रेस र एमाले दुवै दल आफूपक्षीयलाई बनाउने रणनीतिमा छन् ।
प्रतिक्रिया