मैले राजीनामा दिएको छैनः सचिव भट्टराई
काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले राजीनामा नदिएको प्रष्टीकरण दिएका छन् । मुख्यसचिव नियुक्तिको विवादमा राजीनामा दिएका समचार आएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
मुख्यसचिव नियुक्तिमा भट्टराई पनि प्रमुख दाबेदार थिए । सरकारले एकनारायण अर्याललाई नियुक्त गरेको छ । बरियतामा डा. तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई र अर्याल थिए । चौथो नम्बरमा रहेका अर्याल नियुक्त भएपछि पहिलो नम्बरमा रहेका ज्ञवालीले राजीनामा दिइसकेका छन् ।
मुख्यसचिवका नियुक्त अर्यालले आइतबारदेखि कार्यभार सम्हालेका छन् ।
ताजा अपडेट
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह
-
आज चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, कार्यतालिका यस्तो छ
-
स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्दै विश्वकप इतिहासमा कतारले रच्यो इतिहास
-
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


प्रतिक्रिया