कलंकीमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ ।
बा.९५ प ७६२५ नम्बरको स्कुटर बा.प्र. ०१–००६ ख ४८७९ नम्बरको बसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्ने ४४ वर्षीय विष्णु बहादुर घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलकीस्थित नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा.५२ प ९६८० नम्बरको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिँदा स्कुटर उक्त बसमा ठक्कर खाई दुर्घटना भएको थियो । बस चालकलाई नियन्त्रणमा लिई हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
ताजा अपडेट
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह
-
आज चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, कार्यतालिका यस्तो छ
-
स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्दै विश्वकप इतिहासमा कतारले रच्यो इतिहास
-
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


प्रतिक्रिया