कलंकीमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ ।
बा.९५ प ७६२५ नम्बरको स्कुटर बा.प्र. ०१–००६ ख ४८७९ नम्बरको बसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्ने ४४ वर्षीय विष्णु बहादुर घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलकीस्थित नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा.५२ प ९६८० नम्बरको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिँदा स्कुटर उक्त बसमा ठक्कर खाई दुर्घटना भएको थियो । बस चालकलाई नियन्त्रणमा लिई हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया