कीर्तिमानी चेलीलाई काठमाडौंमा भव्य सम्मान
काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित प्यारालिम्पिक्समा तेक्वान्दोतर्फ नेपाललाई कांस्य पदक दिलाएकी कीर्तिमानी खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् ।
पारालिम्पिक्सको इतिहासमै पहिलो पटक नेपाललाई पदक दिलाएकी पलेशा बुधबार स्वदेश फर्किएकी हुन् ।
उनलाई विमानस्थलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीलगायतले भव्य स्वागत गरेका थिए ।
लगत्तै पलेशालाई नगर परिक्रमा गराइएको छ । एयरपोर्टबाट सुरु नगर परिक्रमा गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा लगेर अन्त्य गरिएको थियो ।
ताजा अपडेट
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट
-
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह




प्रतिक्रिया