सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध
चैनपुर । बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ ।
आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।
बिहानै पाँच वटा बस मात्र सदरमुकामबाट छुटेको बस व्यवसायी जोगबहादुर दौल्यालले जानकारी दिए । उनले बिहान बझाङबाट धनगढी, काठमाडौँ, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बस मात्र पार भएको र बाँकी सबै बस रोकिएको बताए ।
सडक खुलाउन केदारस्यूँ गाउँपालिकाको झोताबाट जेसिबी आएको तर, पहिरो नरोकिँदा खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए । उनले पहिरो रोकिएपछि मात्रै सडक खुलाउन सकिने बताए।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया