NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज १९ गते

गृहसचिवमा भएन सहमति

काठमाडौं । गृह मन्त्रालयको सचिव कसलाई बनाउने भन्नेमा सत्तासाझेदार दलबीच सहमति जुट्न नसक्दा निर्णय हुन सकेन । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा गृह सचिव सरुवाबारे छलफल भएपनि निर्णय हुन नसकेको हो ।

गृहसचिव रहेका एक नारायण अर्याल मुख्यसचिवमा बढुवा भएपछि सो पद रिक्त छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकीबीच साझा उम्मेदवारका रुपमा गृहसचिव ल्याउने प्रयास भइरहेको छ ।

जसमा कृष्णहरी पुष्कर, विनोद सिंह, अर्जुन पोखरेल, नारायण शर्मा दुवाडी, हरि मैनाली गोकर्णमणि दुवाडी लगायतबीच प्रतिस्पर्धा छ। शुक्रबारबारसम्म गृहसचिवको टुंगो लगाउने तयारी छ । गृहसचिव रिक्त हुँदा गृह प्रशासन अस्तव्यस्त हुँदै गएको छ । नियमित हुनुपर्ने सिडिओ सरुवा पनि रोकिएको छ ।

उता मन्त्रिपरिषद्को बैठकले वरिष्ठतम् सहसचिव गोविन्द कार्कीलाई सचिवमा बढुवा गरेको छ ।कार्की यसअघि बागमती प्रदेशमा कामु प्रमुख सचिवका रुपमा कार्यरत रहँदै आएका छन्।