कुमारी बैंककी कर्मचारीलाई हुन्डी कारोबारको अभियोग

काठमाडौं । कुमारी बैैंककी कर्मचारी तृप्ती राणालाई प्रहरीले हुन्डी कारोबारको अभियोगमा मुद्दा दायर गरेको छ । कुमारीपाटी शाखामा अधिकृतका रुपमा कार्यरत उनलाई प्रहरीले दुई महिनाअघि पक्राउ गरी एक साता थुनामा राखेको थियो । हाजिरी जमानीमा छाडिएकोमा गत सोमबार फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
उनको खातामा स्रोत नखुलेको १७ लाख ९३ हजार पाँच सय ६० रुपैयाँ कारोबार भएको र त्यो हुन्डीवापतको भएको बताइएको छ । धेरै जसो पैसा उनको खातामा बुटवल मनि ट्रान्सफरका सञ्चालक सहदेव बिक्रम शाहले जम्मा गरेका थिए । शाहलाई पनि प्रहरीले अनुसन्धानमा तानेपनि सामान्य सोधपुछ गरेर छाडेकोमा पछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । अष्ट्रेलियामा रहेका आफन्तसँग मिलेर उनले हुन्डी कारोबार गरेको प्रहरी स्रोत बताउँछ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया