उपसभाभूखलाई हटाउने कुराको अभियान नै चलेको रहेछ : देवेन्द्र पौडेल
काठमाडाैं । सांसद देवेन्द्र पौडेलले उपसभामूख इन्दिरा राणालाई पदबाट हटाउने कुराको अभियान नै सुरु भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सो बताएकाा हुन् । उनले भने, ‘आज उपसभाभूखलाई हटाउने कुरा एक दुई अनलाइन पत्रिकाले लेखेको देखेको थिए, तर यो हलमा पसिसकेपछि हावामात्रैहल्लेको होइन रैछ, अभियान नै सुरुवनथ भएको रहेछ भन्ने अनुभूति भएको छ ।’
उनले लोकतन्त्र भनेको समझदारी , विश्वास सकार्याको संस्कृति भएकाे र प्रतिपक्षीसँग पनि कयौँ मुद्धाहरुमा सरकारपक्षमा रहेकाहरुले सहकार्य र सहमति गरेर अगाडि बढ्ने कुरा नै लाेकतन्त्र भएकाे अवगत गराए । पाैडेलले लाेकतन्त्रमा एक जना महिला, जनजाति सहमतिको आधारमा सामाजिक सेवामा काम गरेर आएको उपसभामूखलाई हटाउने कुरा दुखदायी भएकाे बताए । यसले लोकतन्त्र अगाडि बढ्न नसक्ने उल्लेख गरे ।
लोकतन्त्रको सृढृढ, लोकतन्त्र र संरक्षण र विकास र सहकार्यको प्रणाली यो देशमा अगाडि बढ्न सक्दैन । यस प्रकारको कुराको सरकारले गम्भिरतापूर्वक सुन्नुपर्नेै उनको भनाइ थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया