‘उपसभामुखको अपमान भयो’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उनलाई अपमान गर्न खोजिएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सामाजिक सेवामा काम गरेको सभामुखलाई शक्तिशाली सरकारले हटाउने विषय लोकतन्त्र सम्मत नहुने बताए। “एक सामाजिक अभियन्ता तथा जनजाति महिला उपसभामुखमाथि राजीनामाका लागि गरिएको व्यवहार लोकतान्त्रिक संस्कार पनि होइन । शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप पनि छैन”, उनले भने ।
“उपसभामुखको राजीनामाको विषय मिडियामा आएको थियो तर संसद्मा प्रवेश गरिसकेपछि हावा मात्रै हैन अभियान नै चलेको रहेछ,” सांसद पौडेलले भने, “समाजिक सेवामा काम गरेको व्यक्तिलाई हटाउने कुरा दुःखदायी भएको र यसले लोकतन्त्रलाई सुदृढ गर्दैन ।”
सांसद पौडेलले ठूला अनियमितता र भ्रष्टाचारमा मुछिएकालाई कानुनी दायरामा ल्याउन माग गरे । विपद्जन्य घटनाबाट पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया