श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

कास्की । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ ।
अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको हारोपमा उनका श्रीमान ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माका अनुसार सामान्य विवादका क्रममा जहरसिँहले राधिकामाथि खुकुरी प्रहार गरेका थिए ।
उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
छिमेकीले घटनाबारे जानकारी गराएपछि वडा प्रहरी कार्यालय बैदामको टोलीले राधिकालाई उपचारका लागि अस्पताल लगेको थियो । जहरसिँह खुकुरीसहित पक्राउ परेका हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ ।
ताजा अपडेट
-
यस्तो छ त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिम
-
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
-
राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
-
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
प्रतिक्रिया