सीके राउतद्वारा सम्बन्ध बिच्छेदको मुद्दा दायर
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमती सिन्धु रानीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। ललितपुर जिल्ला अदालतमा केही दिनअघि मुद्दा दर्ता भएको छ ।
सिन्धु रानी भारती नागरिक हुन् । राउत दम्पतीका दुई छोरी र एक छोरा छन् । श्रीमती घरमा नबस्ने र झगडा हुने गरेको भन्दै सम्बन्ध बिच्छेद माग गरिएको छ ।
प्रतिक्रिया