५ महिनादेखि चिकित्सक बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको अनुरोध
जलेश्वर । भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् ।
कामको सिलसिलामा पाँच महिनाअघि काठमाडौंबाट जनकपुरतर्फ लागेका उनी त्यसयता सम्पर्कविहीन भएका हुन् ।
लामो समयदेखि चिकित्सक यादव सम्पर्कविहीन भएको भन्दै परिवारका सदस्यले खोजीमा सहयोग गरिदिन स्थानीय प्रशासनसमक्ष हारगुहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका अनुसार ०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग उनको टेलिफोनमा कुराकानी भएको थियो । सोही दिनको अपराह्न ३ बजेबाट भने उनको मोबाइल फोन बन्द भएको श्रीमतीको भनाइ छ ।
बेपत्ता यादवको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया