५ महिनादेखि चिकित्सक बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको अनुरोध
जलेश्वर । भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् ।
कामको सिलसिलामा पाँच महिनाअघि काठमाडौंबाट जनकपुरतर्फ लागेका उनी त्यसयता सम्पर्कविहीन भएका हुन् ।
लामो समयदेखि चिकित्सक यादव सम्पर्कविहीन भएको भन्दै परिवारका सदस्यले खोजीमा सहयोग गरिदिन स्थानीय प्रशासनसमक्ष हारगुहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका अनुसार ०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग उनको टेलिफोनमा कुराकानी भएको थियो । सोही दिनको अपराह्न ३ बजेबाट भने उनको मोबाइल फोन बन्द भएको श्रीमतीको भनाइ छ ।
बेपत्ता यादवको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया