NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

कसरी पक्राउ परे रास्वपाका पूर्वसांसद श्रेष्ठ ?

काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा.ढाकाकुमार श्रेष्ठ लागुऔषध मुद्दामा पक्राउ परेका छन् । उनले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको खुलेपछि कास्की प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो।
गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापामगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेको कास्कीका एसपी मोहन थापाले बताए। उनीसँग बरामद भएको लागुऔषध दिया फार्मेसीबाट खरिद गरेको खुलेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठलाई दुर्गा प्रसाईसँग पैसा मागेको अडियो बाहिर आएपछि पार्टीले कारबाही गरी हटाएको थियो। चिकित्सक रहेका उनी पोखरामा फार्मेसी र क्लिनिक चलाउँदै आएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष