सवारी दुर्घटनामा गाउँपालिका उपाध्यक्षको निधन
काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको सवारी दुर्घटनामा परी निधन भएको छ ।
बागलुङको गलकोट नगरपालिका–२, भुङखानीमा शुक्रबार बिहान रा १ झ २०० नम्बरको सरकारी जीप दुर्घटना हुँदा उपाध्यक्ष बुढासहित तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, बागलुङले दुर्घटनामा उपाध्यक्ष बुढासहित तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । दुर्घटनामा ज्यान गुमाउने दुई जनाको भने सनाखत भइसकेको छैन ।
उपाध्यक्ष बुढा केही दिनअघि काठमाडौं आएकी थिइन् । त्यहाँबाट कार्यक्षेत्र फर्कने क्रममा शुक्रबार बिहान उनी सवार जीप दुर्घटनामा परेको थियो ।
दुर्घटनाग्रस्त जीपमा जनप्रतिनिधि र कर्मचारी सवार थिए ।


प्रतिक्रिया