एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने
रामपुर। पाल्पाको रामपुर नगरपालिकाभित्र औँसी र एकादशीका दिन पशुपक्षी बध गर्न नपाइने भएको छ ।
धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्याउने उद्देश्यसहित औँसी र एकादशीका दिन पशुपक्षी बध नगर्न अनुरोध गरेको छ ।
“औँसी र एकादशीका दिनमा पशुपक्षी बध नगर्दा धार्मिक सहिष्णुता र सद्भाव पनि कायम हुने, धार्मिक आस्थामा कुनै असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने भएकाले उक्त दिनमा पशुपक्षी बध नगर्नरनगराउन यो सूचना प्रकाशन गरिएको छ”, सूचनामा भनिएको छ ।
नगर प्रमुख रमणबहादुर थापाले एकादशी र औँसीको दिन धार्मिक साँस्कृतिक परम्परा अनुसार पशुपक्षी बध गर्न नहुने भएकाले सोही धार्मिक मान्यतालाई निरन्तरता दिनका लागि सो दिन बध नगर्न नगरवासीलाई आग्रह गरिएको बताए ।
उनका अनुसार एकादशी र औँसीमा पशुपक्षी बध गर्दा धार्मिक आस्थामा असर पुगेको नगरवासीबाट गुनासो आएपछि नगरपालिकाले बध नगर्ने निर्णय गरेको हो । नगरपालिकाको निर्णय र सूचनालाई बेवास्ता गरी एकादशी र औँसीमा पशुपक्षी बध गरेको पाइएमा कारबाही गरिने नगरपालिकाले जनाएको छ ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया