यी हुन् धेरै भ्रष्टाचार हुने १० मन्त्रालय
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति डा.रामचन्द्र पौडेललाई बुझाएको छ । प्रमुख आयुक्त प्रेम कुमार राई नेतृत्वको टोलीले शीतलनिवास पुगेर प्रतिवेदन बुझाएको हो ।
आयोगमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार एक वर्षको अवधिमा आयोगले एक हजार १५४ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ। ती प्रतिवादीविरुद्ध आठ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ बराबरको बिगो मागदाबी गरिएको छ।
आयोगले आर्थिक वर्ष २०८०÷८१ मा विशेष अदालतमा कुल २०१ मुद्दा दर्ता गरेको छ। जसमा गैरकानूनी लाभ हानिसँग सम्बन्धित ५८, घूससँग सम्बन्धित ४८, नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ३४, सार्वजनिक सम्पत्तिको हानिनोक्सानीसँग सम्बन्धित ३३, राजस्व चुहावटसम्बन्धी १३, गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी ११ र विविध विषयका चार वटा छन्।
आयोगले सबैभन्दा धेरै उजुरी पर्ने १० मन्त्रालयको सूची पनि सार्वजनिक गरेको छ । जसअनुसार भुमी व्यवस्था, गृह र शिक्षा मन्त्रालय टप ३ भित्र परेका छन् । उजुरीका आधारमा ती मन्त्रालयमा धेरै भ्रष्टाचार हुने गरेको आकलन गरिएको छ ।



प्रतिक्रिया