NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०’ प्रतिनिधिसभामा पेस गर्नेछन् । आजको कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्नेछन्।

कानूनमन्त्री चौरसियाले आजै विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने पनि कार्यसूची रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष