पित्त थैलीको अप्रेसन गर्दा किष्टमा बिरामीको मृत्यु
परिवारद्वारा क्षतिपूर्तिसहितको माग राखेर प्रदर्शन
काठमाडौं । ललितपुरको किष्ट अस्पतालमा पित्त थैलीको शल्यक्रिया गर्ने क्रममा एक बिरामीको ज्यान गएको घटनामा आफन्तले प्रदर्शन गरेका छन् ।
काठमाडौंको कोटेश्वर बस्दै आएकी २७ वर्षीया खुसी मगरको गत भदौ २६ गते पित्त थैलीको अप्रेसन गर्ने क्रममा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको दाबी गर्दै मृतकका आफन्तले सोमबार प्रदर्शन गरेका हुन् ।
मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति दिन अस्पतालसमक्ष माग गरेका छन् । साथै उनीहरूले अस्पतालको यस्तो लापरबाही आगामी दिन नदोहोरिने सुनिश्चित गर्न पनि माग गरेका छन् ।
सोमबार अस्पताल परिसरमा पीडित परिवारले प्रदर्शन गर्दा सेवासमेत प्रभावित हुन पुगेको थियो ।
प्रतिक्रिया