उपसभामुख राना रूसी महासंघ प्रस्थान

काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गरेकी छन् ।
त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुुग्ने तालिका छ । रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ ।
उनी असोज ५ गते स्वदेश फर्कने छिन् ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया