बागमती प्रदेश : एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार

मकवानपुर । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा काठमाडौँ उपत्यकाका १३ र चितवनका दुई गरी १५ जना विद्यार्थीलाई पुरस्कृत र प्रमाणपत्र प्रदान गरिएको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिं लामा र पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रुपमा काठमाडौँ उपत्यका र चितवनका विद्यार्थीलाई उत्कृष्ट अङ्क ल्याएबापत नगद रु २०, १५ र १० हजारसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयी हुने खेलाडीलाई प्रदेश प्रमुख देवकोटा र मुख्यमन्त्री लामाले शिल्ड, कप तथा प्रमाणपत्र हस्तान्तरण गरे ।
संविधान दिवस मूल समारोह समितिद्वारा चारदिने कार्यक्रमअन्तर्गत आज र भोलि साँझ विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय एवं सर्वसाधारण नागरिकहरुले आ–आफ्नो घरमा दीपावली गरी मनाउन आह्वान गरिएको आन्तरिक मन्त्रालय तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया