बागमती प्रदेश : एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार
मकवानपुर । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा काठमाडौँ उपत्यकाका १३ र चितवनका दुई गरी १५ जना विद्यार्थीलाई पुरस्कृत र प्रमाणपत्र प्रदान गरिएको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिं लामा र पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रुपमा काठमाडौँ उपत्यका र चितवनका विद्यार्थीलाई उत्कृष्ट अङ्क ल्याएबापत नगद रु २०, १५ र १० हजारसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयी हुने खेलाडीलाई प्रदेश प्रमुख देवकोटा र मुख्यमन्त्री लामाले शिल्ड, कप तथा प्रमाणपत्र हस्तान्तरण गरे ।
संविधान दिवस मूल समारोह समितिद्वारा चारदिने कार्यक्रमअन्तर्गत आज र भोलि साँझ विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय एवं सर्वसाधारण नागरिकहरुले आ–आफ्नो घरमा दीपावली गरी मनाउन आह्वान गरिएको आन्तरिक मन्त्रालय तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया