सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ ।
लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।
सोमबार प्रतितोला रु एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५९ हजार सात सय निर्धारण भएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । यस्तै, चाँदीको मूल्य आज तोलामा रु पाँचले घटेको छ । सोमबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया