मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । बालगायक मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो सुरशाला युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक भएको हो । गायनमा एकदमै रुची राख्ने राठीले आफ्ना हजुरबुबा, हजुरआमा, बुबा आमाको प्रेम, त्यागप्रति समर्पित यो गीतलाई समर्पित गरेका छन् ।
म्युजिक भिडियोमा बालगायक राठीकै बुबा आमाको मुख्य अभिनय रहेको छ । यस भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका छन् भने निसल पौडेलले छायांकन गरेका छन् ।
बालगायक राठीले उक्त गीत हजुरबुबा शखरलाल राठीप्रति समर्पित गरेका छन् । भिडियो र गीतका शब्दहरूले अभिभावकहरूले आफ्ना सन्तानप्रति गर्ने स्नेह, त्यागलाई देखाउँदै सन्तानले अभिभावकको प्रेमप्रति देखाएको सम्मानलाई समेत झल्काएको छ ।
ताजा अपडेट
-
क्यानडामाथि ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
-
देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
गाडी किन्ने काममा अर्थ मन्त्रालयको अंकुशः अरु के के गरियो व्यवस्था ?


प्रतिक्रिया