मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । बालगायक मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो सुरशाला युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक भएको हो । गायनमा एकदमै रुची राख्ने राठीले आफ्ना हजुरबुबा, हजुरआमा, बुबा आमाको प्रेम, त्यागप्रति समर्पित यो गीतलाई समर्पित गरेका छन् ।
म्युजिक भिडियोमा बालगायक राठीकै बुबा आमाको मुख्य अभिनय रहेको छ । यस भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका छन् भने निसल पौडेलले छायांकन गरेका छन् ।
बालगायक राठीले उक्त गीत हजुरबुबा शखरलाल राठीप्रति समर्पित गरेका छन् । भिडियो र गीतका शब्दहरूले अभिभावकहरूले आफ्ना सन्तानप्रति गर्ने स्नेह, त्यागलाई देखाउँदै सन्तानले अभिभावकको प्रेमप्रति देखाएको सम्मानलाई समेत झल्काएको छ ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया