सानिमा बैंक र सिजी डिजिटलबीच सहकार्य
काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी डिजिटल प्राइभेट लिमिटेडसँथ विशेष छुटको व्यवस्था गरेको छ ।
यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (QR Scan) मार्फत सिजी डिजिटल मा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा रु. १,००० बराबरको क्यास ब्यागको व्यवस्था पनि गरेको छ । क्यास ब्यागको न्यूनतम रु. ३० हजारको कारोबारमा प्रदान गरिनेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया