NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी घर भई हाल काभ्रेको बनेपा नगरपालिका–६ सान फर्निचरमा काम गर्ने वर्ष २० वर्षीय हरि चौधरी, रामेछापको सुनापाती गाउँपालिका घर भई हाल काभ्रेको बनेपा–९ जनागाल बस्ने १७ वर्षीय सन्देश जैरु तथा काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने १६ वर्षीय उज्ज्वल दाहाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “इटाली र जर्मनीका नागरिकलाई चक्कु देखाएर बनेपामा एटिएम, मोबाइलसहितका सरसामान लुटपाट गरेको आरोपमा उनीहरुलाई गएराति पक्राउ गरिएको हो ।” काभ्रेको बनेपा–६ भ्युटावरस्थित सिँढीको बाटोमा उक्त लुटपाट गरिएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए।

ताजा अपडेट

नेपालवाच विशेष