NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

भ्रष्टाचारको पैसा अमेरिका लगेको अभियोगमा विकल पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौं । भ्रष्टाचार मुद्दामा कारागारमा रहेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलविरुद्ध हुन्डी कारोबारसम्बन्धि मुद्दा दायर भएको छ । भ्रष्टाचारकै पैसा उनले हुन्डीमार्फत अमेरका लगेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धानले सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार गरेको पैसा हुन्डीमार्फत अमेरिका पठाएको देखिएपछि उनीमाथि सिआइबीले अनुसन्धान गरी मुद्दा चलाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको भ्रष्टाचारसम्बन्धि छानविनमा हुन्डी कारोबार खुलेको थियो । अख्तियारकै पत्रका आधारमा अनुसन्धान गरी मुद्दा दायर गरिएको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए ।

उनका अनुसार एक करोड ४६ लाख ६६ हजार बिगो कायम गरी मुद्दा दायर भएको छ । सो पैसा उनले अमेरिकामा रहेकी श्रीमती एलिना बस्नेत लगायतमार्फत कारोबार गरेका थिए । बिगोको तीन गुणा जरिवाना र सात वर्षसम्म कैद सजाय माग गरी मुद्दा दायर गरिएको छ ।
पौडेलले भ्रष्टाचारको पैसा सिंगापुरको बैैंकमा राख्नेदेखि अमेरिकामा घर किन्नेसम्म गरेको अख्तियारको अनुसन्धानमा खुलेको थियो । पौडेलविरुद्ध भ्रष्टाचारका चार वटा मुद्दा दायर भइसकेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष